logo/WhatsApp Image 2025-11-14 at 13.41.05_a9ffdba7_xyaidvp.jpg
logo/WhatsApp Image 2025-11-14 at 13.41.05_a9ffdba7_xyaidvp.jpg

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

परिचय

नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं सञ्चार र सूचनाको हक सुनिश्चित गरी आमसञ्चार क्षेत्रलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, मर्यादित र व्यसायिक बनाई लोकतन्त्रको सुदृढिकरण गर्न प्रदेश आमसञ्चार माध्यमको स्थापना र सञ्चालनका लागि कानूनी व्यवस्था गर्न मधेश प्रदेश सरकारले २०७७ भदौ ०३ गते प्रदेश सञ्चार ऐन ल्याइयो । यसै ऐन अन्तरगत मिडिया काउन्सिल पनि छ । प्रदेश सञ्चार ऐन अनुसार मिडिया काउन्सिलमा एकजना अध्यक्ष र चारजना सदस्य नियुक्त गर्न सक्ने र नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष पदेन सदस्य, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था रहेको छ । पत्रकारिताको पेशागत मूल्य, मान्यता, आदर्श र आचार अभ्यास अनुरुप उच्चतम आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्य रहेको र स्वशासित र संगठित संस्थाको रुपमा गठन गरिएको छ । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै मधेश प्रदेश सरकारलाई प्रदेशभित्रको सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको अवस्था, समस्या र चुनौती लगायतको अवगत र समाधानको बारेमा जानकारी गराइनेछ । मिडिया काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसनधान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि प्रदेश सरकारलाई सुझाव दिने प्रमुख कार्यहरु गर्दै आएको छ ।