श्री बन्दना कुमारी झा

श्री बन्दना कुमारी झा

कार्यवाहक अध्यक्ष

प्रारम्भिक जीवन

सञ्चार क्षेत्रमा समर्पण, व्यावसायिकता र जिम्मेवार भूमिकाका लागि परिचित बन्दना कुमारी झा नेपालका सक्रिय महिला सञ्चारकर्मीमध्ये एक हुनुहुन्छ । उहाँ हाल मिडिया काउन्सिल मधेश प्रदेशको कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, सर्लाही शाखाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ ।

करिब दुई दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएकी उहाँले रेडियो, छापा र अनलाइन पत्रकारितामा काम गर्दै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ । तथ्यमा आधारित समाचार, सन्तुलित प्रस्तुति र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्ने उहाँको पत्रकारिता शैलीले उहाँलाई सञ्चार क्षेत्रमा छुट्टै पहिचान दिलाएको छ ।

पत्रकारितासँगै उहाँले सञ्चार क्षेत्रको संस्थागत विकास, आचारसंहिताको पालन तथा व्यावसायिक पत्रकारिताको प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । विशेष गरी मधेश प्रदेशमा विश्वसनीय र मर्यादित पत्रकारिताको वातावरण निर्माण गर्न उहाँ सक्रिय रूपमा लागिरहनुभएको छ ।

शिक्षातर्फ उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । अध्ययन, अनुभव र नेतृत्व क्षमताको समन्वयले उहाँलाई सञ्चार क्षेत्रको एक सक्षम, प्रेरणादायी र सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।

पत्रकारितालाई केवल पेशा नभई समाजप्रतिको दायित्वका रूपमा लिँदै आउनुभएकी बन्दना कुमारी झा आज मधेश प्रदेशको सञ्चार क्षेत्रलाई थप उत्तरदायी, विश्वसनीय र व्यावसायिक बनाउन नेतृत्वदायी भूमिकामा सक्रिय रहनुभएको छ ।