वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व अष्टमी - ८
वि.सं. २०६१ कात्तिक महिनादेखि जनकपुरबाट प्रकाशित ‘जनकपुर एक्सप्रेस दैनिक’ पत्रिकामा ‘प्रुफरिडर’ को रुपमा काम गर्दै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सुरेश कुमार यादव २०६३ कात्तिकदेखि जनकपुर एफएममा नियुक्त भई पत्रकारितालाई मुख्य पेशाको रुपमा अंगालेका हुन् । २०६६ वैशाख ११ गतेदेखि प्रकाशन थालेको नागरिक राष्ट्रिय दैनिकमा स्थापनाकालदेखि क्षेत्रीय (धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली) संवाददाता, मुख्य संवाददाताहुँदै प्रदेश ब्यूरो संयोजकको रुपमा १३ वर्षसम्म जिम्मेवारी सम्हाले । उनी नागरिक दैनिकका लागि २०७२ सालमा स्थायी नियुक्ति पाए । सोही अवधिमा जनकपुरबाट प्रसारण हुने प्रथम टेलिभिजन अप्पन टिभीको संस्थापक प्रबन्ध निर्देशकको रुपमा काम गरेको अनुभव पनि संगाल्ने मौका पाए । बाह्रखरी अनलाइन सञ्चारमाध्यममा प्रदेश संयोजकको दायित्वसमेत निर्वाह गरेका सुरेश न्यूजआज डटकमका सम्पादक भएर काम गरे । सुरेशलाई २०८२ असार ६ गते मिडिया काउन्सिलका सदस्य र २०८२ असार ११ गते मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष पदमा मधेश प्रदेश सरकारले नियुक्त गरेको हो । राजनीति शास्त्रमा स्नातकोत्तर उनले शिक्षण, सामाजिक कार्य र गैरसरकारी संस्थामा काम गरेको अनुभव पनि बटुलेका छन् ।