महिला पत्रकारिता अभिमुखिकरण गोष्ठीमा सम्पन्न

जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशले बैशाख १० गते श्ुक्रवार महिला पत्रकारिता अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा तथा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासको प्रमुख आतिथ्यमा सम्पन्न सो गोठीमा बारा, पर्सा, रौतहट तथा सर्लाहीका महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासले महिला पत्रकारको क्षमता अभिवृद्धि, गुणस्तरीयता, समस्या, चुनौती र समाधानका उपायहरुलाई लक्षित गरी आयोजना गरेको बताउनु भएको छ । उहाँले महिला पत्रकारलाई धेरै समस्या र चुनौती छ, संघर्ष पनि त्यतिकै गर्नुपर्ने देखिन्छ । आज यहाँसम्म आउनु संघर्षकै कारण हो । यस प्रदेशका महिला पत्रकारहरुमाथि कुनै किसिमको सुरक्षा चुनौती नरहेको बताउनु भएको छ ।

उहाँले मिडिया काउन्सिल मधेश प्रदेशका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको समृद्धि र विकासका लागि सधैं तत्पर रहेको र अगाडि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले गोष्ठीमा सहभागी महिला पत्रकारहरुको सुझाव, समस्या र चुनौती लगायतका कुरालाई प्रदेश सरकारलाई सुझावको रुपमा प्र्रस्तुत गर्ने र समाधानतर्फ लग्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिवपुरीले ‘नेपाली सञ्चारमाध्यममा महिला पत्रकार र बिना श्रीवास्तव महिला पत्रकारको अवस्था, चुनौती, अवसर र समस्या समाधानका उपायहरु बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, केन्द्रिय सचिव केसी लामिछाने, नेपाल पत्रकार महासंघका प्रदेश समिति अध्यक्ष राजेश कर्ण, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी, मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादव, सदस्य बन्दना झा, रिंकु कुमारी मिश्र सहितकाहरुले आफ्ना विचार राख्नु भएको थियो ।

Scroll to Top