प्रेस विज्ञप्ति

मिति २०७९ चैत २१ गते

पत्रकार र निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मधेश प्रदेशको बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा भईरहेको उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवम् सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रशारण नगर्न मिडिया काउन्सिल मधेश प्रदेश सबैमा आग्रह गर्दछ ।
यस्तै सामाजिक सञ्जाल मार्फत, यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मिडिया काउन्सिल अपिल गर्दछ ।
मिडिया काउन्सिलले उपनिर्वाचनलाई मध्यनजर गरी पत्रकार आचारसंहिता अनुगमन गर्ने कार्य शुरु गरिसकेको छ। साथै सञ्चारमाध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहित एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाएमा जानकारी गराउन अनुरोध पनि गर्दछ ।

..............................
मुनेश्वर यादव
नि.प्रशासकीय प्रमुख

उपनिर्वाचनमा आचारसंहिता उलंघन नगर्न अपील

 यहि बैशाख १० गते आईतवार बारा निर्वाचन क्षेत्र नं. २ मा हुन गई रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसार गर्ने समय शुक्रवार राति १२ः०० बजेसम्म रहेको छ । निर्वाचनको स्थिर समय (मौन अवधि) लागु हुनेछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा विज्ञापन लगायत राजनीतिक दल वा उम्मेदवारको पक्षमा समाचार, विचार, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको छ । यसर्थ स्थिर समय सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिकको पक्ष वा विपक्षमा कसैको गुणगान गरेर, वा भ्रम फैलाउन किसिमले समाचार, विचार, सामाजिक सञ्जालमा स्टाटस, दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डारब्यानर, श्रव्यदृश्यलगायतका सामग्री सञ्चार माध्यमबाट प्रकाशनरप्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लंघन हुने ठहरिने छ । त्यस्तो कार्य नगर्नरनगराउन संचार माध्यमको सबै पक्षसँग अनुरोध गरिन्छ । मिडिया काउन्सिलले विभिन्न प्रकारले निर्वाचन केन्द्रित अनुगमन समेत गरिरहेको छ । अनुगमनका क्रममा सञ्चारमाध्यममा राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी सञ्चार माध्यमबाट चुनावी विश्लेषणका नाममा ‘‘राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘‘अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी, राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुनेगरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चार माध्यमलाई २४ घण्टे स्पस्टीकरण पत्र काटिन जानकारी गराइन्छ । मिडिया काउन्सिलले सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गर्दछ ।

मुनेश्वर यादव नि.प्रशासकीय प्रमुख

Scroll to Top