पत्रकार, सञ्चार माध्यमको अवस्था र आचारसंहिता पुस्तक वितरण कार्यक्रम

जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशले २०७९ पुस २० गते बुधवार पत्रकार, सञ्चामाध्यमको अवस्था र आचासंहिता पुस्तक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले पत्रकारहरुले नै पत्रकार र सञ्चार माध्यम अनावश्यक रुपमा विस्तार भइरहेको भन्दै सिमित र कति आवश्यक भन्ने विषयको समिक्षा हुनुपर्ने बताएका छन् ।
सहभागीहरुले पार्टी र जनप्रतिनिधिमुखी पत्रकारिता गर्न आग्रह गर्दै सोतर्फ निगरानी बढाउन आवश्यक रहेको बताएका छन् । उनीहरुले आफनो स्वार्थका लागि मिडिया र पत्रकार निर्माण गर्न थालेपछि वास्तिवक पत्रकारको पेशा धरापमा पर्ने अवस्था आएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले कुनै घटना हुँदा महासंघसंग मात्र अपेक्षा गर्ने र विरोध गर्ने परम्परा रहेको भन्दै महासंघमा नेतृत्व स्थापित गर्ने दलका पत्रकार संगठनहरु समेत त्यस घटनामा न्यायका लागि अगुवाई गर्नुपर्ने बताएका छन ।
उनले मिडियाको दर्ता प्रकृया सजिलो र सस्तो भएकोले आवश्यकताभन्दा अधिक मिडिया खुलेको हो । आवश्यकता अनुसार मिडिया हाउसको दर्ता हुनुपर्दछ । मिडियाको संख्या यकिन गर्न सम्बन्धित निकायले भरपर्दो अध्ययन गराउँनु पर्दछ । पत्रकारहरुको नेतृत्व कमजोर भयो । सञ्चारगृहहरु कर्पोरेटमा परिणत हुदैछ । साना मिडियाहरु जोखिममा छन् । पित पत्रकारिता तथा सेल्फ सेन्सरशिप गर्नुपर्ने अवस्था छ । अनलाईन पत्रकारितालाई बढावा दिन अनलाईनहरुलाई पनि विज्ञापनको दायराभित्र ल्याउनु पर्दछ । श्रमजिवी पत्रकारहरु समयमा तलव पाउँदैनन् सुझाएका छन ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिंकु मिश्र गायत्रीले आवश्यक राय सल्लाह लिन कार्यक्रमको आयोजन गरेको जानकारी गराएकी छिन । आचार संघीता स्वयंबाट लागू गर्नु पर्ने आवश्यकता छ ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अबधेश कामतले पत्रपत्रिका, रेडियो र टिभिको अवस्था दयनीय बन्दैछ । पत्रकारहरुको अवस्थापनि दयनीय छ । तीनै तहको सरकारले विज्ञापनको दायरा बढाउनु पर्दछ । यसका लागी पत्रकार महासंघ,प्रेस काउन्सिल,मिडिया काउन्सिल तथा मधेस आम सञ्चार प्राधिकरणले सकारात्मक भूमिका खेल्नुपर्दछ । नेताहरुलाई मिडिया हाउसमा बोलाएर फूल माला,खादा ओढाउने अनि विज्ञापन माग्ने जस्ता चाटूकार मिडिया हाउसहरुको कृत्यले मिडिया क्षेत्र बदनाम हुंदैछ । चाटुकारिता बन्द गर्नुपर्ने सल्लाह दिएका छन ।
टेलिभिजन संघका अध्यक्ष विष्णु कुंवरले पछिल्लो प्रदेश सरकार सञ्चार जगतप्रति सकारात्मक देखिएन । प्रदेश तेसरकारले विभिन्न सञ्चार माध्यमहरुको नाममा झण्डै ७२ करोड खर्च गरेको छ । तर खर्च अपारदर्शी भयो । नियम संगत भएन गुनासो गरेका छन ।


त्यसैगरी पत्रकार धर्मेन्द्र झाले मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरणले पत्र पत्रिकाहरुको विज्ञापन व्यवस्थापन गर्न सकेन । बजेट हुदाहुदै मिडियाहरु विज्ञापन पाउन नसक्नु भनेको सम्बन्धित निकायको असफलता रहेको बताएका छन ।
रेडियो नेपालका प्रदेश संयोजक अजय कुमार झाले आचार संघीता नवप्रवेशी सञ्चारकर्मीहरुका लागि अझ बढि प्रभावकारी हुने बताएका छन । अनलाईन पोर्टलहरुको प्रभाव बढदो छ तर यसको नियमनकारी निकाय छैन । पत्रकारिता गैर पत्रकारको हाथमा गईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
त्यस्तै पत्रकार पुरन गुप्ताले अनलाईनको प्रसार तथा प्रभाव बढिरहेको बताएका छन । ताजा समाचारको श्रोत अनलाईन नै हो । यसलाई व्यवस्थित गर्न सके अझ प्रभावकारी हुने सुझाएका छन ।
पत्रकार अनिल कुमार कर्णले आर्थिक व्यवस्थापनविना संचार गृह र संचारकर्मीको अवस्थामा सुधार आउन सक्दैन । हामीले गरेको पत्रकारिता कति मर्यादित भयो,यस विषयमा आत्म समीक्षा गरौ । पत्रकारिता पत्रकारको कब्जा भन्दापनि कर्पोरेटको कब्जामा जांदै छ । हामी पारम्परिक पत्रकारिताभन्दा माथि उठन सकेनौ । म स्वयं जतिवेला पूर्वाग्रह राखेर समाचार लेखे त्यतिवेला जोखिमको सामना गर्नु प¥यो । आचार संघीताको पालना गरेर समाचार लेखे कहि कतैबाट जोखिम भएन ।


अर्का पत्रकार शैलेन्द्र क्रान्तिले आचारसंघीताको पालना गर्दा जोखिम कम हुन्छ । अहिले सञ्चारकर्मीहरु झन जोखिमा छन् । मलाई विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले ज्यान मार्ने धमकी दिएका छन् । यसबाट म र मेरा परिवारका सदस्यहरु भयभित रहेको दुःखेसको पोखेका छन् ।
तीन प्रकारका पत्रकार छन –लहै लहैमा पत्रकारिता गर्ने, सौखले पत्रकारिता गर्ने अनि श्रमजिवी पत्रकार । पहिलो दुबै प्रकारका पत्रकार सुरक्षित छन । जोखिममा श्रमजिवी पत्रकारहरुमात्र छन् । सरकारी कोषबाट तलव भत्ता खाने,सरकारी कोष चलाउनेहरु श्रमजिवी पत्रकारलाई दुश्मन ठान्छन् । मधेस आन्दोलन सफल बनाउन मधेसका पत्रकारहरुको भूमिका अहम थियो तर पछिल्लो मधेस सरकारले पत्रकारहरुको हक हितमा केही गर्न नसकेको गोरखा पत्रका प्रदेश संयोजक धीरेन्द्र साहले बताएका छन ।


कार्यक्रमा लक्ष्मण यादव, प्रकाशक संघका अध्यक्ष शंकर साह, चाँदनी झा, आरती मण्डल लगायतका पत्रकारहरुले आफ्ना विचार राखेका छन् । कार्यक्रमको सञ्चालन काउन्सिलका सदस्य सचिव मुनेश्वर यादवले गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top